युनियनका नेताले विमानस्थलका कर्मचारीलाई भने, आन्दोलन गर्नुस हामि साथ दिन्छौं

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 06:27:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारीक ट्रेड युनियनका अध्यक्ष श्रवनकुमार यादवले सार्वजनिक रुपमा नै विमानस्थलका कर्मचारीहरुलाई आन्दोलन गर्न उक्साएका छन्। 

अध्यक्ष यादबले प्राधिकरणको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कर्मचारीलाई आन्दोलन गर्न हौसला दिएका हुन। उनले   पर्यटन मन्त्रालयका सचिव, प्राधिकरणका महानिर्देशककै अगाडि आफूहरु स्थायी मजदुर भएको बताउदै आउट सोर्सिंङबाट आएका विमानस्थलका कर्मचारीले आन्दोलन गर्नुपर्ने र त्यसमा आफूहरुले साथ दिन तयार रहेको बताएका हुन। 

ठेकेदारी (आउटसोर्सिङ) बाट राखिएका कर्मचारीलाई करार बनाउनुपर्छ भनेर आफुहरुले संघर्ष गरेको र त्यसको कसैले पनि सुनुवाई नगरेको भन्दै उनले आन्दोलन गर्नुस हामि साथ दिन्छौं भनेका हुन।   

तर प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेको पर्यटन सचिव महेश्वर न्यौपानेले कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएपनि उग्र भएर प्रस्तुत हुन कसैलाई छुट नभएको चेतावनी दिए।  

विमानस्थलमा आउटसोर्सिङबाट कामदारहरु राखिएको छ।  उनीहरुले करार बनाउनुपर्ने भन्दै पहिले पनि आन्दोलन गरेका थिए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved