शांग्रिला डेभलपमेन्ट बैंकको ८० प्रतिशत बिक्रि खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2018 | 10:43:36 AM मा प्रकाशित

laxmi  sunrise bank

शांग्रिला डेभलपमेन्ट बैंकले आज पुस १७ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ। बैंकले १:०.८ को अनुपातमा ८० प्रतिशत हकप्रद बिक्रि खुला गरेको हो 

बैंकले १ करोड ८ लाख ६७ हजार ७ सय ९८ दशमलव ५० कित्ता हकप्रद बिक्रि खुला गरेको हो । लगानीकर्ताले माघ २१ गते हकप्रद भर्न सक्ने छन् । 

हकप्रद निष्काशनको लागि बैंकले मङ्सिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।   

हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।लगानीकर्ताले बिक्रि प्रबन्धकको कार्यालय प्रभु क्यापिटलको कार्यालय कमलादी, शांग्रिला विकास बैंकको शाखाहरु र प्रभु बैंकको तोकिएका शाखाबाट आवेदन दिन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३५ करोड रहेकोमा ८० हकप्रद निष्काशनपछि चुक्ता पुंजी २ अर्ब ४४ करोड पुग्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved