यसरी मनाईयो पाँचौ नेपाली टोपी दिवस (फोटोफिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2018 | 03:30:46 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाली टोपी, नेपाली पहिचानं’ भन्ने नारासहित पाँचौ नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा आज बिहान ‘जागरुक युवा अभियान नेपाल’ का युवायुवतीहरुले राजधानीको माइतीघर मण्डलादेखि शान्तिवाटिकासम्म प्रभातफेरी आयोजना गरेका छन् ।

¥यालीमा सहभागि युवाहरुले राष्टभावले भरिपूर्ण गीतहरु मेरो टोपी कैलाशको शिर जस्तो, गाउछ गीत नेपाली जस्ता गीतहरु गाएका थिए । सहभागिहरुले नेपाली मन नेपाली पन, ह्याप्पी न्यू इयर विथ नेपाली टोपी, यो मन त मेरो नेपाली हो, टोपीको सम्मान, धोतीको सम्मान, जातीय पहिचान खोजौ, राष्टिय पहिचान जोगाऔ लगायतका नारासहितको प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा सहभागि युवाहरुले नेपाली पोशाक र नेपाली टोपी लगाएका थिए । कार्यक्रममा युवाहरु मात्रै होईन बालबालिकादेखि महिलाहरु समेत उल्लेख्य सहभागिता थियो । कार्यक्रममा पत्रकार, कलाकार, साहित्यकारहरुको पनि बाक्लो उपस्थित थियो ।

समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले कार्यक्रममा सहभागि सवैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी नेपालीहरुलाई एक सुत्रमा बाड्न कार्यक्रम आयोजना गरेको वताए । नयाँ पुस्ता पश्चिमेली सस्कारतर्फ आँखा चिम्लेर लागेकाले नेपाली पहिचान सहित नयाँ बर्ष मनाउनका लागि जनवरी १ का दिन नेपाली टोपी दिवस मनाउन थालिएको श्रेष्ठको भनाई छ ।  त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै अभियन्ता जनार्जन पौडेलले राष्टियता संकटमा पर्न थालेको अवस्थामा आ आप्mनो ठाउबाट सबैले सहयोग गर्नुपर्ने वताए । 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved