जावलाखेलमा वल्र्डलिंकसंगै अंग्रेजी नयाँ वर्ष २०१८ को भव्य स्वागत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 01, 2018 | 08:43:41 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकको आयोजनामा शनिबार अंग्रेजी नयाँ बर्ष २०१८ को स्वागत गर्दै जवलाखेल मैदानमा भब्य मेला सम्पन्न भएको छ। 

इन्टरनेट सेवालाई अझ प्रभावकारी तथा गुणस्तर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त मेलामा ग्राहकका अनुभव तथा चाहनालाई समेत बुझ्ने काम गरिएको थियो । ग्राहकका सुझाव अनुरुप आगामी दिनमा वल्र्डलिंकलाई अगाडी बढाउदै लगिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

वल्डलिंकले आफ्ना ग्राहकलाई नजिकबाट चिन्ने तथा प्रत्यक्ष कुराकानी गरी आफ्ना ग्राहकको कस्तो प्रतिक्रिया छ त्यसलाई संगसगै लगेर अझ राम्रो तथा गुणस्तरीय सेवा दिने उद्देश्यले कार्यक्रमको अयोजना गरेको बताएको छ।  

वल्र्डलिंकले हाल देशका अधिकांश जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा विस्तार गरेको छ । भेटघाट र शुभकामना आदानप्रदानका लागि गरिएको मेला प्रवेश निःशुल्क गरिएको थियो । 

सांगीतिक प्रस्तुति, फुड स्टल, फन गेम्स, म्याजिक सो, फेस पेन्टिङ लगायतका स्टलहरुमा यूवाहरुको भिड लागेको थियो । मेलामा १५ हजारभन्दा बढीले प्रत्यक्ष सहभागिता जनाएका थिए ।

लोकप्रिय ब्यान्ड कुटुम्ब, गायकहरु स्वप्न सुमन, नीतेशजंग कुवर, सबिन कार्की (बिष्ट) र द साउन्ड अफ स्ट्रिम्स लगायतको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved