काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2018 | 08:44:50 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको २ छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।  तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चावहिलमा ट्याक्सीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

तिनकुनेमा गएराति १२:१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिए । दुर्घटनाबाट गम्भीर घाइते आलेको उपचारका क्रममा निजामती अस्पताल, मीनभवनमा निधन भएको हो । 

त्यस्तै मंगलबार बिहान चाबहिलमा  बा १ ज १८ २६ नम्बरको ट्याक्सीले बाटो पार गर्दै गरेका काठमाडौंँ कपन भृकुटीचोकका ६२ बर्षीय अग्नी सापकोटालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाईते भएका सापकोटाको उपचारको क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्सी चालकलाई महानगरीय प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved