त्रिचन्द्र क्याम्पस अगाडि बिद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्याँस प्रहारपछी स्थिति तनावग्रस्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 01:27:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ। एमाले सम्बद्ध विद्यार्थीहरुले निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध सडक कब्जा गरी नाराबाजी गर्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। 

आन्दोलनकरी बिद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गर्दा झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएको अखिलका सचिव आरसी लामिछानेले जानकारी दिएका छन। 

आफुहरुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा समेत प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोसित बनेका सचिव लामिछानेले आन्दोलन अझै शशक्त बनाइने बताए ।   

आक्रोशित बिद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध नारा लगाइरहेका छन् ।  

आन्दोलन र झडपपछि त्रिचन्द्र क्याम्सप आसपास घण्टाघर, रत्नपार्क, भोटाहिटी, जमल क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। अहिले उक्त क्षेत्रमा प्रवेशमा रोक लगाइएको प्रत्यक्षदर्शीले जानकारी दिए। नेपाल आयल निगमले सोमबार मध्यराति देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved