पार्टी बैठक लगत्तै प्रधानमन्त्रीलाई भेट्न पुगे प्रचण्ड, के भयो कुराकानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2018 | 03:24:35 PM मा प्रकाशित

laxmi  sunrise bank

 माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनकाे मिति तत्काल ताेक्न र प्रदेश प्रमूखकाे नियुक्ति राजनीतिक सहमतिका अाधारमा मात्र गर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका छन् ।


भेटमा अध्यक्ष प्रचण्डले सरकार र निर्वाचन अायाेगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाई भएकाे भन्दै छिटाेभन्दा छिटाे राष्ट्रिय सभाकाे निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमूख नियुक्त गर्न प्रधानमन्त्रीलाई अाग्रह गरेका हुन् ।


भेटमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाकाे निर्वाचन गर्न निर्वाचन अायाेगसँग परामर्श गर्न लागेकाे जानकारी दिँदै अाफू राजनीतिक सहमतिकै अाधारमा अघि बढ्ने जानकारी गराका थिए ।

पार्टीको केन्द्रिय कार्यालय बैठक लगत्तै प्रचण्ड देउवालाई भेट्न पुगेका थिए  ।   बैठकले एकतापछिको पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक फरक व्यक्ति हुनु पन्रे निर्णय गरेको छ  ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved