प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न कांग्रेस तयार छ : रमेश लेखक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2018 | 03:59:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको विश्वास दिलाएका छन् । 

 साक्षात्कारमा बोल्दै नेता लेखकले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएको, प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नभएको अवस्थामा अहिल्यै नै कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट भैईनसकेको समेत जिकिर गरे । यद्धपी उनले जनताले वाम गठबन्धनको पक्षमा जनमत दिएकोले एमाले र माओवादीले सरकार बनाउँदा राम्रो हुने भन्दै आफूहरुको शुभकामना रहेको सुनाए ।

तर उनले एमाले र माओवादीबाहेकपनि सरकार बन्न सक्ने संभावना रहेको औंल्याए । उनले भने,‘निर्वाचनको सम्पूर्ण मतपरिणाम आओस्, अनि यो कुरा क्लियर हुन्छ।’

आफ्नो पार्टीले निर्वाचनमा व्यहोरेको पराजयको बारेमा तत्काल केन्द्रिय कार्यसमिति बैठक आह्वान गरेर व्यापक समिक्षा गरिनेपनि उनले जानकारी दिए । उनले भने,‘हामी सुक्ष्म ढंगले छलफल गर्छौं, र आवश्यक निर्णय लिन्छौं।’

उनले निर्वाचनमा कुनै एक नेताको कारणलेमात्रै पार्टी पराजित नभएको पनि दाबी गरे । उनले भने,‘कांग्रेसले विगतमा पनि सरकारको नेतृत्व गरेको बखत् निर्वाचनमा हार व्यहारेको छ, हार्नुको कारणको खोजी हुन्छ।’ लेखकले एक जना नेताको गुण र दोषको आधारमा निर्वाचन नहारेको भन्दै समग्रबारेमा समिक्षा गरिने जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved