४३ मेगावाटको आँखु हाइड्रो पावरमा ७ बैंकको ५ अर्ब लगानी, ३ बर्षमा निर्माण सम्पन्न हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 04, 2018 | 08:01:48 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रो सोलुसनको प्रवर्दन रहेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्त्वमा ६ बाणिज्य बैंक तथा एक बिकास बैंकले लगानी गर्ने भएका छन। 

धादिङ जिल्लाको आँखु नदीमा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको यस आयोजनामा बैंक अफ काठमाडौँ, सेन्चुरी कमर्सियल बैंक, ज्योति विकास बैंक, लक्ष्मी बैंक, एनसिसी ,प्रभू बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले संयुक्त रुपमा लगानी गर्ने भएका छन।

लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र बैंकका प्रतिनिधिले संयुक्त रुपमा हस्ताक्षर गरेका छन। प्रसारण लाइन निर्माणसमेत आफै गर्ने तयारीका साथ आयोजना निर्माणमा जुटेको प्रधानले बताए। नेपाल उद्योग वाणिज्य महासंघका ऊर्जा समितिका सभापतिसमेत रहेका प्रधानले आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यक्रममा जानकारी गराए।

४३ मेगावाट क्षमताको यस आयोजनाको कुल लागत ६ अर्ब ३० करोड रहेको छ। बैंक तथा वित्तीय संस्थाले सो आयोजनामा  ४ अर्ब ७२ करोड लगानी गर्नेछन। त्यस्तै १ अर्ब २४ करोड प्रवर्द्धक हाइड्रो सोलुसनले लगानी गर्ने भएको छ।  

आयोजनाबाट उत्पादित विद्युत् ३० किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको त्रिशुली थ्री ए वा त्रिशुली थ्री बीका लागि निर्माण गरिने सवस्टेशनमा जोडिनेछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved