सकियो सर्वदलीय बैठक, के के भयो छलफल ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2018 | 09:26:20 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको ५ राष्ट्रिय पार्टीको सर्वदलीय बैठक सकिएको छ  ।  पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकेका थिए ।

बैठक  राष्ट्रियसभाको निर्वाचन, नयाँ सरकार गठन , प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशहरुको अस्थायी राजधानी तय गर्ने विषयमा केन्द्रित भएको थियो ।  

बैठकमा  एमाले उपाध्यक्ष भीम रावलले सरकारले विभिन्न बहानमा सरकार लम्वाउने काम गरेकोमा आक्रोश पोख्दै चाँडो भन्दा चाँडो नयाँ सरकार निर्माण गर्ने बाटो खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए  । 

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने सरकार काम चलाउ भइसकेकाले नीतिगत निर्णयहरु नगर्न सुझाव दिए ।

बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश प्रमुख र राजधानी तथा राष्ट्रिय सभा निर्वाचनबारे अन्य दलबाट   कुनै सुझाव नआएको बताए। 

 सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट यी तीनवटै विषयमा निर्णय गर्ने तयारी गरेको छ । 

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशांक काेइराला ,कृष्णप्रसाद सिटौला उपस्थित थिए। एमाले अध्यक्ष केपी ओली भने बैठकमा गएनन् । एमालेबाट पूर्वसभामुख सुवास नेम्वाङ, उपाध्यक्ष भीम रावल, पूर्वमन्त्री विष्णु पौडेल र अग्नी खरेल सहभागी थिए।

बैठकमा राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर, अनिल झा, महिन्द्र राय यादव, राजकिशोर यादव सहभागी थिए। त्यस्तै फोरमबाट राजेन्द्र श्रेष्ठ लगायत नेता बैठकमा थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved