काठमाडौंमा जथाभावी फोहोर गर्नेलाई अब मिडियामा देखाइने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 04, 2018 | 05:27:34 PM मा प्रकाशित

laxmi  sunrise bank


जथाभावी फोहोर फाल्नेहरुलाई काठमाडौं महानगरपालिकाले मिडियाबाजी गरेर कारबाही गर्ने भएको छ। टुरिजम डेभलपमेन्ट बैंकको ज्ञानेश्वर स्तिथि शाखा कार्यालयको उद्घाटन गर्न पुगेका काठमान्डौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले फोहोर गर्नेहरुलाई फरक तरिकाले कारबाही गर्ने बताएका हुन। 

मेयरको चुनावमा प्रदुषण र धुलोमुक्त काठमाडौं बनाउने प्रतिबद्दत्ता शाक्यलाई अहिले चुनौतीपूर्ण बनेको छ। आफुले काठमाडौंलाई धुलोमुक्त बनाउन दिनमा चारपटक सडक सफा गर्न लगाएपनि त्यहाँका बासिन्दाहरुको बानिका कारण उक्त कार्य सफल नभएको शाक्यले बताएका छन्। 

आफुले जति काम गरेपनि आलोचना मात्र खेप्नुपरेको गुनासो गर्दै शाक्यले भने, 'मेयर भएर केहि गरेन भन्छन, धुलोमुक्त काठमाडौं बनाउने हाम्रो अभियानलाई जनताले नै असफल बनाई दिएका छन, हामि सफा गरेको गर्यै, जनताले जथाभावी फोहोर गरेको गर्यै।' उनले अघि थपे, 'अब त अत्ति भएको छ, सुरुमा फोहोर नगर भनेर सचेत गराउछौं, त्यसले भएन भने, पैसा तिराएर कारबाही गर्दैनौं, उनीहरुलाई मिडियामा देखाउछौं।' 

फोहोर गर्नेलाई मिडियामा देखाएर कारबाही गर्ने बताउदै गर्दा कार्यक्रममा उपस्थितहरुले भने शाक्यको भनाईलाई ताली बजाएर स्वागत गरेका थिए। शाक्यले आफ्नो दायित्व भित्र नपरे पनि काठमाडौंका केहि सडकमा आधुनिक ट्राफिक लाइटको ब्यवस्ता गर्ने बताएका छन। त्यसको सुरुवात काठमाडौंको महाराजगंजबाट सुरु गरिने उनले जानकारी गराए। 'अब ट्राफिकले सडकमा उभिएर धुलो खानु पर्दैन, आधुनिक मेसिनले अटोमेटिक रुपमा ट्राफिकको काम गर्नेछ' उनले भने, 'जसले ट्राफिक नियमको दुरुपयोग गर्छ, उसको घरमा नै जरीवाना बापतको चिट पठाउनेछौं।' 

टुरिजम डेभलपमेन्ट बैंकको कार्यक्रममा बोल्दै शाक्यले बैंकहरुले नाफा कमाउने मात्र नभई आफु वरिपरीको वातावरणलाई हरियाली र प्रदुषण रहित बनाउन समेत ध्यान दिनुपर्ने बताए।    


    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved