रुपन्देहीमा एक ब्यबसायीको गोली हानी हत्या, मनोज पुन समुहले जिम्मा लियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2018 | 10:16:44 AM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीमा एक ब्यबसायीको गोलि हानी हत्या भएको छ  । जिल्लाको देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसायी  बसन्त पौडेल बलुको गोली हानी हत्या भएको हो ।

बलुमाथि मोटरसाइकलमा आएका दुईजनाले गोली हानेका हुन् । गोली लागेर घाइते भएका पौडेलको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा ज्यान गएको हो  ।  

उनी पौडेल काठ मिल सञ्चालक थिए ।  

रुपन्देहीमा यस अघि युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो । त्यस घटनाको जिम्मा मनोज पुन समुहले लिएको थियो।  आजको घटनाको पनि मनोज पुन समुहले लिएको छ।  मनोज पुनले बयान दिदै भनेका छन् 'मेलै हाय हेल्लो गर्ने व्यक्तिलाई पनि अनावश्यक रुपमा फसाएको कारण मेरो केटाहरुले गोली हानेका हुन् । तिवारीको हत्या हुनु अघि पनि मैले सुध्रि भनेको थिए तर मानेन  ।'

यस अघि निर्माण ब्यबसायी गौचनको हत्यामा पनि मनोज पुन समूह कै संलग्नता पाईएको थियो 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved