राष्ट्रियसभा निर्वाचन माघ २४ गते

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 05, 2018 | 04:10:29 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको हो। 

तर मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्ने निर्णय भने गरेको छैन। अब बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र राजधानी तोक्ने जनाइएको छ।

सरकारले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो। निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved