रोजगारीको लागि कोरिया जाने नेपाली कामदारलाई नयाँ नियम

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 06, 2018 | 08:14:34 AM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियाले नेपाली कामदारका लागि नयाँ नियम लागू गरेको छ। दोस्रो पटक वर्किङ भिसाको अवधि पुरा नगरी बिचैमा काम छाडेर फर्किने कामदारलाई तेस्रोपटक कोरिया जान नदिने नियम कोरिया सरकारले ल्याएको हो। 

कोरिया सरकारले ल्याएको यस नियमले आफ्नो कार्यकाल पुरा नगरी वर्क पर्मिट रद्द गरि बिचैमा काम छाडेर नेपाल फर्किनेहरु मारमा परेका छन।   दोस्रो कार्यकाल पुरा नगरी फर्किने कामदारले फेरि जान नपाउने ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर पराजुलीले जानकारी दिएका छन।  

‘अब सीभीटी परीक्षा दिएर कोरिया गएकाले बीचमै भिसा रद्द गरेर आएमा फेरि भाषा परीक्षा दिन पाउँदैनन्'  उनले भने, ‘विदामा आउनेको हकमा यो नियम छैन तर काम नै छाडेर फर्किनेलाई कोरियाले अर्को मौका दिँदैन।’

पहिलो पटक भाषा परीक्षा पास गरेर गएकाले ४ वर्ष १० महिना काम गर्न पाउँछन् भने दास्रोपटक कम्प्युटरमा आधारित भाषा परीक्षा दिएर अर्को ४ वर्ष १० महिनाको लागि जान पाइन्छ ।

दोस्रोपटक जानेहरु कार्यकाल अवधि पुरा नगरी विभिन्न कारण देखाउँदै काम छाडेर फर्किने र फेरि भाषा परीक्षा दिएर कोरिया फर्किने गरेको पाइएपछि त्यहाँको सरकारले रोक लगाएको हो।

‘कामदार लैजाँदा कम्पनीले त्यहाँको सरकारलाई शुल्क पनि बुझाएको हुन्छ । बीचमै कामदारले छोडेर स्वदेश फर्किँदा कम्पनीमा जनशक्ती अभावले असरहरु देखिन्छ,’ पराजुलीले भने ‘उसले तत्कालै कामदार पनि लिन सक्दैन । त्यसैले कोरियाले बीचमै काम छाडेर फर्किने क्रम रोक्न यस्तो नियम ल्याएको हुनसक्छ ।’ अहिले सम्म ईपीएस भाषा परीक्षा दिएर ५० हजारभन्दा बढी नेपाली त्यहाँ पुगेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved