पार्किङमा राखेको टुरिष्ट बसमा अचानक आगलागी (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 06, 2018 | 09:18:55 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा रोकिराखेको बस आगलागीबाट नष्ट भएको छ। पोखराको जिरो किलोमिटरमा करिब १ महिनादेखि रोकिराखेको ना ५ ख ७२०४ नम्बरको बसमा शनिवार दिउसो अचानक आगलागी भएको हो। 

आगलागीबाट बस पूर्ण रुपमा नष्ट भएको छ। रोडवेज ट्राभल्सको बेनी काठमाडौं गर्ने ना ५ ख ७२०४ नम्बरको उक्त बस करिब १ महिनादेखि सो स्थानमा पार्किङमा रहेको स्थानियले बताए।

आगलागी लगतै नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै पोखरा लेखनाथ महानगरपालिकाको दमकल तथा स्थानियको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

लामो समयदेखि उक्त बस त्यहाँ पार्किङ किन गरिएको र के कारणले आगलागी हुन पुग्यो सो बारेमा अनुसन्धान पछि थाहा हुने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक शिव थापाले बताए।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved