निर्वाचन सम्पन्न गर्दा आयोगको कति भयो खर्च ? यस्तो छ पुस २१ सम्मको खर्च विवरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2018 | 03:00:04 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा २०७४ पुस २१ गतेसम्म भएको खर्चको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । यस निर्वाचनमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो भने ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएका थिए । निर्वाचन सम्पन्न गराउन १६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका थिए । 

आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गर्दै मितव्ययी तथा पारदर्शीरूपले खर्च  गरेको  जानकारी गराएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाल सरकारबाट जम्मा प्राप्त १० अर्ब रुपियाँमध्ये ३० करोड रुपियाँ पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो भने ९ अर्ब ७० करोड रुपियाँ निर्वाचन कार्यका लागि छुट्टाइएको थियो । उक्त बजेटमध्ये २०७४ पुस २१ गतेसम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ (कुल बजेटको ५७.९६ प्रतिशत) रुपियाँ मात्र खर्च भएको आयोगले जानकारी दिएको  छ । जसमध्ये ७७ जिल्लाहरूमा निकासा भएको जम्मा ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ (५०.१२ प्रतिशत) रुपियाँ रहेको र आयोगको केन्द्रीय कार्यालयबाट हालसम्म जम्मा ७६ करोड ६ लाख ७८ हजार ६९१ (७.८४ प्रतिशत) रुपियाँ मात्र खर्च भएको आयोज्ले बताएको छ ।

प्राप्त बजेटमध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७०० (४२.०४ प्रतिशत) रुपियाँ बाँकी रहेको र सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइने आयोगले स्पस्ट पारेको छ ।  

यस्तो छ आयोगको खर्च विवरण।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved