बहुप्रतिक्षित ओली–प्रचण्ड भेटवार्ता सम्पन्न, महत्त्वपूर्ण ३ बिषयमा सहमति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 07, 2018 | 06:20:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको वान-टु-वान वार्ता भर्खरै सम्पन्न भएको छ। चितवनबाट आजै काठमाडौं आइपुगेका दाहाल छलफलका लागि भक्तपुरस्थित् एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए। 

ओली निवास बालकोटमा भएको दुई नेताहरुवीचको भेटवार्तामा तीन वटा विषयमा सहमति भएको बताइएको छ। भोलि नै दुवै पार्टीले आ–आफ्नो बैठक बोलाएर एकताबारे छलफल गर्ने पहिलो सहमति भएको छ। अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार एमालेले स्थायी समिति र माओवादी केन्द्रले हेडक्वार्टर बैठक भोलिको लागि आह्वान गर्ने आजको भेटवार्तामा सहमति बनेको छ।

साथै एकतापछिको पार्टीको साँगठनिक संरचना कस्तो बनाउने भन्नेबारे पनि कुराकानी भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन।  भोलि दुवै पार्टीको बैठक सम्पन्न भएपछि पर्सी एकता संयोजन समितिको बैठक बस्ने आन्तरिक सहमति ओली र प्रचण्डवीच सहमति भएको बताइएको छ।

एमाले अध्यक्ष ओली थाइल्याण्ड जानु अघि नै मोटामोटी सहमति खोज्ने प्रयास अन्तर्गत आज आकस्मिक बैठक बसेको माओवादी केन्द्रका एक नेताले बिजपाटिलाई जानकारी दिएका छन। 

पछिल्लो एक हप्तादेखि दुई नेताहरुवीच भेटवार्ता हुने चर्चा चलिरहेको थियो । तर, माओवादी अध्यक्ष प्रचण्ड विशेष कामले चितवन जानपुरेको र एमाले अध्यक्ष ओलीको अस्वस्थताका कारण भेट हुन सकेको थिएन ।

ओलीलाई भेट्न भनेर नै प्रचण्ड आज स्थलमार्ग हुँदै चितवनबाट काठमाडौं आएका हुन् । मौसम प्रतिकुल हुँदा चितवनबाट आज कुनैपनि उडान भएको छैन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved