स्याङजामा सुन्तलाको उत्पादन १० करोडले घट्यो, राज्यबाट सहयोग नपाएको कृषकको गुनासो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 08, 2018 | 09:47:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सुन्तलाको लागि उत्कृष्ट मानिएको स्याङ्गजामा सुन्तलाको उत्पादन घटेको छ। गत बर्ष ३२ करोड बराबरको सुन्तलाको कारोबार भएको स्याङ्गजामा यस बर्ष मात्र २२ करोडको कारोबार भएको छ। 

कृषि कार्यालय स्याङ्गजाका अनुसार १८४२ हेक्टर जमीनमा लगाईएको सुन्तला ३४.९५ प्रतीशतले घटेको छ। गत बर्ष २० हजार मेट्रीक टन उत्पादन भएकोमा यस बर्ष १३ हजार मेट्रीक टनमात्र उत्पादन भएको छ ।

सुन्तला जोनको रुपमा लिइएको स्याङजाका धेरै जोनका श्रेत्र तथा वाडलाई राज्य पुर्नसंरचना पश्चात प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजनाले हेर्ने की नहेर्ने भन्ने बिषय अन्योल बनेको छ । स्याङ्गजामा सुन्तला बिकाशको लागी परीयोजना संञ्चालनमा भए पनी कृषकले प्राबीधीक सहयोग पनी पाउन नसकेको गुनासो कृषकको छ।

भन्नलाई मात्र यसलाई सुन्तला जोन भन्ने तर त्यसको विकासमा कसैले नसोचेकाले सुन्तलाको उत्पादन घटेको कृषकको भनाई छ। सुन्तला खेतिको विकास कसरि गर्ने, कुल मल कसरि राख्ने र त्यसको हेरचाह कसरि गर्ने जस्ता प्राविधिक शिक्षा तथा तालिमको अभाबमा यस खेति तर्फ आकर्षण नबढेको र उत्पादन घटेको कृषकहरुको गुनासो छ।  

सुन्तलाको उत्पादन कम भएसंगै बजारमा प्रती के.जी सुन्तला ८० देखी १०० रुपैंया सम्म बिक्रि हुने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved