‘नवौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन’ को लागि सेनाद्वारा चारुमती बुद्ध विहारमा सरसफाइ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2018 | 12:10:00 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध विहारमा सरसफाइ गरी करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

भैरवनाथ गणका प्रमुख सेनानी हरिप्रसाद घिमिरेको नेतृत्वमा आएको सैनिक टोलीले ‘नवौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन’ को तयारीका लागि विहार परिसरका साथै त्यस आसपास क्षेत्रमा सफाइ गरेका हो । सेनालाई विहारका भिक्षु, स्थानीयवासीलगायतले आवश्यक सहयोग जुटाएका थिए ।

नेपाल राष्ट्रिय ज्ञानमाला समिति र चारुमती बुद्धिष्ट मिसनको संयुक्त आयोजनामा भएको सो सफाइ अभियानपछि विहारमा रङरोगन गरी सिंगारिएको छ । उक्त स्थानमा सर्वसाधारणलाई अब फोहर नगर्न विहारले आग्रह गर्दै स्थानीय बौद्ध संघ संस्थाका प्रतिनिधिको सहभागितामा बुद्धपूजा पनि सम्पन्न भएको छ ।

विहारका प्रमुख भिक्षु तपस्सी धम्मका अनुसार करिब दुई हजार ३०० वर्ष अगाडि सम्राट अशोकको छोरीले निर्माण गरेको चारुमती चैत्यको केही वर्ष अगाडि सामान्य मर्मत तथा जीर्णोद्धार गरिएको थियो ।

ऐतिहासिक सम्पदास्थलका रुपमा रहेको उक्त विहार क्षेत्रमा गर्न लागिएको सम्मेलनले बौद्ध साहित्यको प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास लिएको भिक्षु धम्मले व्यक्त गरे । यही पुस २७ देखि २९ गतेसम्म उक्त स्थानमा सम्मेलन हुँदैछ । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved