सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी अनसनस्थलबाटै पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 08, 2018 | 07:40:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले प्रा.डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको छ । अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशपछि केसीलाई प्रहरीले अनसनस्थलबाटै सोमबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका केसीलाई प्रहरीले सर्वोच्चको आदेश बमोजिम म‌ंगलबार बिहान ९ बजे अदालतमा बुझाउने भएको छ । केसी १४ औँ पटक अनशनमा बसेका थिए।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै सोमबार अनशन बसेकै दिन केसीलाई पक्रन सर्वोच्चले आदेश दिएको थियो । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा सर्वोच्च अदालतले डा. केसीलाई पक्राउ आदेश दिएको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीले सोमबार दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरे लगत्तै गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा सर्वोच्चले पक्राउ आदेश जारी गरेको थियो ।

डा. केसीले न्यायालयको जनआस्थामाथि गम्भीर खलल पुर्या‍एको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमबारै सर्वोच्चमा अवहेलना मुद्दा प्रतिवेदन दिएका थिए ।

सोही आधारमा सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी मंगलबार विहान नौ बजे सर्बोच्चमा हाजिर गराउन आदेश दिएको हो ।मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाउँदै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका थिए । उनले पाँच बुँदे माग अघि सारेका छन्।   

सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का तत्कालीन डिन डा. शशी शर्माको पुनर्बहाली गर्न परमादेश दिएपछि डा. केसीले प्रधान न्यायाधीशविरुद्ध लड्ने घोषणा गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved