डा.केसीलाई रिहा गर्न बाबुराम भट्टराईको माग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 08, 2018 | 08:24:35 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले डा.गोविन्द केसीलाई रिहा गर्न माग गरेका छन। भट्टराईले आफु ड़ा केसीको पक्षमा रहेको उल्लेख गर्दै केसीको अभियानमा आफ्नो पूर्ण समर्थन रहेको  

ड़ा केसी पक्राउ परेपछि भट्टराईले ट्विट गर्दै भनेका छन, 'मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबैनेपालीको पहुँचको माग राखी संघर्षरत डा. केसी पक्राउ परेको खबरले दु:खीछु।डा.केसीको शीघ्र रिहाइकालागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु।चिकित्सा शिक्षाक्षेत्रको सुधारकालागि डा.केसीको अभियानमा सदाझैं मेरो र नयाँशक्तिको ऐक्यबद्धता छ।'

आईओएमको डिन नियुक्तिसम्बन्धि मुद्दामा डा.केसीले दिएको अभिव्यक्तिले अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतले केसीलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। अदालतको  आदेश भन्दै प्रहरीले केसीलाई शिक्षण अस्पतालबाटै पक्राउ गरेको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved