मन्त्री ताक्दै एमालेका बदनामहरू !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 09, 2018 | 06:44:21 AM मा प्रकाशित

laxmi  sunrise bank

एमालेको नेतृत्वमा २०४६ को परिवर्तनदेखि २०६२/६३ को गणतन्त्र प्राप्तीका लागि लडेकाहरुको बाहुल्यता छ । तर, चुनावी राजनीतिमा जस्तासुकै प्रवृत्तिलाई पनि पार्टीमा ल्याउने र टिकट दिने गर्दा एमालेमा निरंकुश राजाको भक्तिगान गाउने र टीके जिविस सभापति र नगरपालिका प्रमुख हुनेहरु यो पटकको प्रतिनिधिसभा र प्रदेशसभामा बिजयी भएर आएका छन् । र, मन्त्रीको दाबी गर्न थालिसकेका छन् ।

राजाको शासनका समर्थकदेखि विभिन्न काण्ड लागेकाहरुले मन्त्रीमा दाबी गर्न थालेपछि जनतासमक्ष ब्यक्त गरेको सुशासनको प्रतिबद्धता कसरी पुरा हुन्छ ? यस्ता प्रवृत्तिको बाहुल्य पार्टीमा बढेपछि यो प्रश्न एमालेमा उठ्न थालेको छ । एमालेमा शुद्धिकरणका लागि पनि इस्तो प्रवृत्तिलाई मन्त्रीमा अवसर दिनु नहुने पक्षमा भित्रभित्र बहस हुन थालेको छ ।

तस्करी र गुण्डागर्दीदेखि विभिन्न काण्डमा मुछिएकाहरु पनि एमालेमा जितेर आएका छन् । डोल्पाको विकास निर्माणका काममा दादागिरी देखाएर ठेक्का लिनेदेखि यार्सागुम्बाको अपारदर्शी कारोबार गर्ने, लुट्नेमा समेत मुछिएका धनबहादुर बुढाकै कारण एमालेको लागि संकटमा साथ दिएका अंगद बुढा पार्टी नै त्याग्न बाध्य भए । साँघु साप्ताहिकमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved