ड़ा केसीलाई अदालत उपस्थित गराइयो, माइतीघरमा बिरोध प्रदशन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 09, 2018 | 07:18:54 AM मा प्रकाशित

laxmi  sunrise bank

अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशपछि सोमबार बेलुका पक्राउ परेका ड़ा केसीलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ। अदालतमा पेश गरेर सर्वोच्चको अवहेलना गरे नगरेको बयान लिईने जनाइएको छ।

त्यस्तै ड़ा केसीलाई पक्राउ गरेको बिरोधमा माइतीघरमा बिरोध प्रदशन गरिएको छ। पक्राउको विरोधमा आज मंगलवार विहान माइतीघर मण्डलामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायतद्वारा प्रदशन गरिएको  छ। प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । 

यसैगरी नेपाल चिकित्सक संघका महासचिव डा लोचन कार्कीले केसीको तत्काल रिहाईको माग गर्दै आन्दोलन गर्ने बताए । अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले डा केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट उनलाई पक्राउ गरेको हो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राख्ने तयारी गरिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved