यी हुन सर्बोच्च अदालतमा डा केसीको पक्ष र विपक्षमा बहस गर्ने अधिबक्ताहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2018 | 09:17:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशपछि सोमबार बेलुका पक्राउ परेका ड़ा केसीलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ। अदालतमा पेश गरेर सर्वोच्चको अवहेलना गरेको बिषयमा बयान लिईने छ।

बयान सकिएपछि अवहेलना मुद्दामा सुनुवाइ सुरु हुने छ । तर आजको पेसी सूचीमा भने केसीको मुद्दा परेको छैन   ।   बयान सकिएपछि आजै पूरक पेसी सूचीमा उनको मुद्दा राख्ने वा   अर्को दिन सुनुवाइ गर्ने बिकल्प अदालत संग खुल्ला छ ।  

केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि बहस गर्ने छन् । भण्डारीले लगायत केसीको पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी,  सुरेन्द्र भण्डारीलगायत अधिबक्ताले बहस गर्नेछन्।

केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने भएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved