डा केसीको मुद्दाको पेशी तोकियो, यी २ न्यायधिशको इजलासमा हुनेछ सुनुवाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2018 | 09:37:07 AM मा प्रकाशित

laxmi  sunrise bank

 सोमबार बेलुका पक्राउ परेका ड़ा केसीलाई सर्वोच्च अदालत उपस्थित गराइ बयान लिन सुरु गरिएको छ । अदालतको अबहेलना  मुद्दामा सोमबार साँझ सर्बोच्च कै आदेशमा प्रहरीले उनलाई प्रक्राउ गरेको थियो । प्रधान न्यायधिश गोपाल पराजुलीको राजिनमा माग गर्दै अनसन सुरु गरेका केसीलाई अनसन सुरु भएको केहि घण्टा मै पक्राउ गरिएको हो 

अहिले सर्बोच्चमा उनको बयान लिने कार्य भईरहेको छ । बयान लिई सकेपछि उनको मुद्दा माथि सुनुवाई सुरु हुने छ । केसीको मुद्दा न्यायधिशहरु ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा सुनुवाई हुने छ  

केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि बहस गर्ने छन् । भण्डारीले लगायत केसीको पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी,  सुरेन्द्र भण्डारीलगायत अधिबक्ताले बहस गर्नेछन्।

केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने भएका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved