एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्ने, यस्ता छन एजेण्डा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2018 | 10:46:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा  मंगलबार दिउँसो ३ बजे बैठक बस्ने भएको हो  ।

पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल छन् भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन्।

बैठकले पार्टीको नीति र सिद्धान्त के हुने भन्नेबारेमा दुवै पार्टीका नेता सम्मिलित कार्यदल बनाउने छ । त्यस्तै पार्टी एकताका लागि संगठनात्मक  विषयमा टुङ्गो लगाउन कार्यदल गठन गर्ने विषयमा छलफल गर्नेछ। संयोजन समिति बैठक अघि एमालेको सोमबार  स्थायी समिति बैठक बसेको थियो।

 दुवै पार्टीका संगठन र भातृ संस्थाहरुको एकता कसरी गर्ने , भावी पार्टी नेतृत्वको विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । ओली थाइल्याण्ड जानु अघि नै कार्यदल गठन गर्ने गृहकार्य स्वरुप बैठक बस्न लागेको हो ।  एमाले अध्यक्ष ओली बुधबार स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जाँदैछन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved