सर्बोच्च अदालतमा यस्तो बयान दिए डा केसीले, मुद्दाको सुनुवाई सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2018 | 12:47:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग आज बयान लिएको छ ।

अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो ।

बयानको क्रममा  प्रा डा केसीले अदालतमा सञ्चारमाध्यममा आफूले दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना भन्न नमिल्ने जिकिर गरेका छन् । उनले  विज्ञप्ति मार्फत न्यायालयकाे अालाेचना नगरेको भनेका छन् । केसीले न्यायालयकाे अपमान गर्ने आफ्नो कुनै मनसाय नभएको तर अदालतको भ्रष्ट नेतृत्व र न्यायाधीश विरुद्ध आफ्नो लडाइँ भएको स्पस्ट पारेका छन् । प्रधानन्यायाधीश गाेपाल पराजुलीले भ्रष्टाचार बढाउने काम गरेको र त्यसकै बिरुद्द लडाइँ गरेको केसीले बताएका छन्। 

केसीले अदालत मै प्रश्न गर्दै भनेका छन् ' भ्रष्टाचार विरुद्ध बोल्दा पक्राउ गर्ने कार्य किन गरियाे?'

आफ्नो मागमा अडिग भएको बताउदै केसीले अदालतकाे भ्रष्ट प्रवृत्ति विरुद्धको लडाईबाट पछि नहट्ने बयान दिएका छन् । 

बयान लिई सकेपछि उनको मुद्दा माथि सुनुवाई सुरु भएको छ । केसीको मुद्दा न्यायधिशहरु ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा सुनुवाई हुने छ  

केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि बहस गर्ने छन् । भण्डारीले लगायत केसीको पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी,  सुरेन्द्र भण्डारीलगायत अधिबक्ताले बहस गर्नेछन्।

केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने भएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved