प्रचण्ड र मसालका महामन्त्री मोहनबिक्रमबीच भेट वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2018 | 10:24:52 AM मा प्रकाशित

laxmi  sunrise bank

ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ने.क.पा. (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेट भएको छ । 

अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान ७.३० बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए   । सो क्रममा बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको थियो ।


भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिए  । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसाल बीचको चुनावी तालमेललाई कायमै राखिने बताए  ।


भेटमा दुवै नेताहरु राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै बामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved