भूकम्पपीडित परिवारलाई एक परिवार एक गाई वा भैँसी उपलब्ध गराउन माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2018 | 01:15:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल डेरी एशोसिएसनले भूकम्पपीडित परिवारलाई एक परिवार एक गाई वा भैँसी उपलब्ध गराउन माग गरेको छ । गाई वा भैँसी उपलब्ध गराए भूकम्पपीडितको रोजगारीसँगै आम्दानी बढ्ने र मुलुकलाई दूधमा आत्मनिर्भर बनाउनका लागि सहयोग पुग्ने एशोसिएसनले जनाएको छ ।

भूकम्प अतिप्रभावित १४ तथा सामान्य प्रभावित १७ गरी ३१ जिल्लालाई प्रभावित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ती क्षेत्रमा घर निर्माणमा आर्थिक सहयोगका साथै व्यावसायिक तथा सीपमूलक परियोजना सञ्चालन गर्दै आएको छ ।

देशभर चार लाख ५० हजार कृषक परिवार दूध उत्पादनको क्षेत्रमा आबद्ध छन् भने शहरी क्षेत्रमा दैनिक रु तीन करोडको दूध उपभोग हुने गरेको एशोसिएसनका अध्यक्ष सुमित केडियाले जानकारी दिए । 

देशमा करिब रु १५ अर्बको लगानी डेरी उद्योगमा रहेको र यस क्षेत्रले २० हजार नागरिकलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको एशोसिएसनले जनाएको छ । उक्त एशोसिएसनअन्तर्गत करिब २०० उद्योग समावेश छन् ।

एशोसिएसनका महासचिव प्रह्लाद दाहालले सरकारले कृषकलाई समयसापेक्ष मूल्य समायोजन र कृषकले पनि गुणस्तरीय उत्पादन गर्नुपर्ने बताए । मुलुकमा दैनिक ५० लाख लिटर दूध उत्पादन हुने भए पनि स्वदेशमा दूधको माग पूरा गर्न त्यसको २५ प्रतिशत दूध आयात गरिँदै आएको दाहालले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved