सरकार छाड्दै माओबादीका मन्त्रीहरु, आजै सामुहिक राजिनामा दिने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2018 | 02:41:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले आज सरकार छाड्ने भएका छन्  । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने भएका हुन् ।

नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरेका छन्  

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।एमाले र माओवादीबीच चुनावी तालमेल भएपछि प्रधाननम्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुको मन्त्रालय खोसिदिएका थिए। 

निर्वाचनअघि राजीनामा दिने तयारी गरे पनि माओवादीले सरकार छाड्दा चुनाव नहुने निष्कर्ष निकालेको थियो। अब भने निर्वाचन सकिएको र राष्ट्रिय सभा निर्वाचनको तालिका पनि सार्बजनिक भईसकेकाले सरकार छोड्न लागेका हुन् । 

सरकारमा माओवादी केन्द्रका ८ मन्त्री र ८ राज्यमन्त्री  बिनाविभागीय हैसियतमा रहेका छन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved