मूर्ति र तस्विरमा थुकेर पृथ्वीनारायण शाहको बिरोध गर्दै जनजाति नेताहरु (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 11, 2018 | 05:20:51 PM मा प्रकाशित

laxmi  sunrise bank

गणतन्त्र घोषणा भएपछी पहिलोपटक पृथ्वी जयन्ती मनाईरहंदा किर्तिपुरबासिले भने पृथ्वीनारायण शाह र यस दिवसको बिरोध गरेका छन।

राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर औपचारिक रुपमै पृथ्वी जयन्ती मनाउँदा किर्तिपुरबासिहरुले भने पृथ्वीनारायण शाहको तस्विरमा 'थुकेर' बिरोध गरेका छन। 

नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कीर्तिपुरस्थित छ्याक: ल्वहं (छ्याके ढुंगा)मा विरोधस्वरुप थुक्ने गर्दछन् ।

 बिहीबार नेपा: प्रदेशमा आदिवासी जनजाति अभियान, नेवा: जागरण मञ्च र नेपा: युथ अर्गनाइजेसनको पहलमा विरोध प्रदर्शन गरिएको हो । राज्यले राष्ट्रिय एकता दिवसका रुपमा मनाउने घोषणा गर्नु कीर्तिपुरवासीको अपमान भएको अभियानका संयोजक अर्जुन महर्जनले भने।  

एकीकरण अभियानमा प्रयोग भएका हातहतियारलाई कीर्तिपुरस्थित बाघभैरव मन्दिरको माथिल्लो भागमा झुण्ड्याएर प्रदर्शन गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved