चेक बाउन्सको अभियोगमा तेज एण्ड इन्टरप्राइजेजका प्रमुख पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 11, 2018 | 05:37:07 PM मा प्रकाशित

laxmi  sunrise bank

चेक बाउन्सको अभियोगमा तेज एण्ड करण इन्टरप्राइजेजका प्रमुख तेजकरण जैन पक्राउ परेका छन। जैनलाई २० लाख रुपैयाँको चेक बाउन्स भएको मुद्दामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी प्रदीप बहादुर क्षेत्रीले २० लाख रुपैयाँको चेक चारपटक बाउन्स भएको एउटा र ठगी गरेका मुद्दा परेपछि उनलाई पक्राउ गरि अनुसन्धान थालिएको बताएका छन। 

अनुसन्धान सकिएपछि कानून अनुसार मुद्दा दर्ता गर्ने उनले बताए। सेकेन्ड ह्याण्ड गाडीको कारोबार गर्दै आएका जैनबाट ठगिएका कोही भए कालीमाटीस्थित बृत्तमा सम्पर्क गर्न पनि डीएसपी क्षेत्रीले आग्रह समेत गरेका छन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved