मन्त्रिपरिषद्को बैठक सम्पन्न, १६ जनालाई सहिद घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2018 | 09:59:25 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ  । बैठकले ३८ वर्षअघि छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ  । २०३६ साल कार्तिक २७ गते  धनकुटाको खोकु छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेले गरेको सांस्कृतिक कार्यक्रममा राज्यपक्षले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो । 

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप लागेको थियो ।

बैठकले न्याय सेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्याय र पुनरावेदन समिति प्रमुखमा हेमराज पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

आजको बैठकले प्रदेशको अस्थायी मुकाम र मुख्य मन्त्री तोक्ने चर्चा चले पनि त्यस्तो कुनै निर्णय नभएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए  ।

सरकारले आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved