त्रिभुवन विमानस्थलबाट सुनसहित दुईजना पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 12, 2018 | 06:32:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अवैधरुपमा कतारबाट ल्याएको २६५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । गोरखाको च्याङ्गली घर भएका विज्ञान नेपाली र पाल्पाको साटिने घर भएका गुणबहादुर सारुलाई लुकाइछिपाइ ल्याएको करिब २६५ ग्राम सुनको चार थान बालासहित प्रहरीले पक्राउ गरेको हो । 

विदेशबाट आउने व्यक्तिले बढीमा ५० ग्रामसम्मको सुनका गरगहना मात्रै आफ्नो साथमा ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ । दोहाबाट काठमाडौँ आएका उनीहरुका साथमा रहेको सो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले बरामद गरेको हो । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved