चमेलियाको १५ मेगाबाट राष्ट्रिय प्रसारणमा थपियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 12, 2018 | 09:32:21 PM मा प्रकाशित

laxmi  sunrise bank

चमेलिया जलविद्युत आयोजनाले शुक्रबारदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ। तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए। 

आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिन्क्रोनाइज गरेको दाहालले बताएका छन। आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ। आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ। 

आठ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजिसी) ले निर्माण गरिरहेको छ। प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन् ।

प्राधिकरणले स्थानीय स्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लावासी नै बञ्चित भएका हुन्। दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युतको पहिलो अधिकार भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयले बिजुली उपभोग गर्न पाउने अवस्था छैन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved