सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कुन प्रदेशको कहाँ ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 13, 2018 | 04:00:14 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरेबमोजिम ती ठाउँहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ। 

प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ मा कास्की, प्रदेश नम्बर ५ मा दाङ, प्रदेश नम्बर ६ मा सुर्खेत र प्रदेश नम्बर ७ मा डोटीको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जानकारी प्राप्त भएको आयोगले जानेको छ। 

न्याय परिषदको सचिवालयबाट प्राप्त नामावली बमोजिम सात जना जिल्ला न्यायाधीशलाई आयोगले पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको सहसचिव एवं प्रवक्ता नवराज ढकालले बताएका छन। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved