कक्षा ११ को नतिजामा कम ग्रेड आयो ? चिन्ता नगर्नोस, यस्तो छ ग्रेड वृद्धि परीक्षामा सामेल हुने प्रक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2018 | 10:08:53 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । शनिबार साँझ बोर्ड बैठकले पहिलो पटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको हो।  कक्षा ११ मा तीन लाख ४७ हजार ७४८ विद्यार्थी परीक्षामा सहभागी मध्ये ७४ जनाको नतिजा रद्द गरिएकोछ। 

बोर्डले ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन गरेर नतिजा सार्बजनिक गरेको हो । एसइइमा जस्तो बिषयत जीपी र एकमुष्ट जीपीए भने बोर्डले निकालेको छैन । विद्यार्थीले आफ्नो सिम्बोल नम्बरबाट आफ्नो कुन बिषयमा कुन ग्रेड आयो भन्ने मात्रै थाहा पाउने छन्।

९० देखि १०० सम्म ल्याउनेको बिषय ग्रेड ए प्लस हुन्छ। त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ लेखिएको हुन्छ।  

पहिलो पटक ग्रेडमा नतिजा आएकाले विद्यार्थीमा अन्योल बढेको छ । कक्षा १२ को परीक्षापछि मात्र विद्यार्थीको नतिजा एकीकृत रुपमा आउने हुनाले त्यही बेलामा मात्र विद्यार्थीले जीपीए थाहा पाउने छन् ।  

साथै ग्रेड बढाउन ए गर्ने भन्ने बारे पनि बिद्याथिहरुमा जिज्ञासा छ   । 

बोर्डका अनुसार  कुनै एक विषयमा अनुपस्थित, डी प्लस वा सो भन्दा तलको ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन सक्ने छन्'।ग्रेड वृद्धि  परीक्षा माघ २७ गते शनिबार गर्ने बोर्डले तय गरिसकेको छ ।  ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने बिद्यार्थीले ६ सय रुपैंयाको भौचर भरी माघ १४ भित्र आवेदन फारम भर्नु पर्ने छ । दोब्बर दस्तुर तिरेर माघ १८ गते सम्ममा फारम बुझाई सक्नु पर्ने छ । परीक्षाफलमा नाम थर विषय फरक लगायतका कुनै त्रुटि भएमा परीक्षार्थीले चैत मसान्त भित्र निवेदन दिन सक्ने छन् ।


यसरी हेर्नुहोस नतिजा 






 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved