‘रअ’को एजेन्ट बताउँदै 'एम्बेसी'मा जागिर लगाइदिन्छु भनेर ठग्ने ठुलो गिरोह पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 15, 2018 | 08:46:52 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय खुफिया एजेन्सीको एजेन्ट बताउँदै बेरोजगार युवालाई जागिर दिने प्रलोभन देखाएर ठगी गर्ने ठूलो गिरोह पक्राउ परेको छ । पक्राउ परेकाहरुले करिब तीन करोड रुपैयाँ ठगी गरेको पाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।  

प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट शनिबार र आइतबार सप्तरी, राजविराज–२ घर भई काठमाडौँका बस्दै आएका ४१ वर्षीय रमाकान्त चौहान भनिने रमाकान्त नौनियाको ६ सदस्यीय गिरोह पक्राउ परेको हो । गिरोहका सदस्यहरु पदमबहादुर श्रेष्ठ, विनोद कार्की, सन्तोष कार्की, चित्रबहहादुर श्रेष्ठ, गीता महर्जन पनि पक्राउ परेका छन् ।

गिरोहले ६० भन्दा बढी युवालाई रअको एजेन्ट बताउँदै जुनसुकै राजददूतावासमा जागिर दिन सक्ने प्रलोभनमा तीनदेखिन पाँच लाख रुपैयाँ असुलेर फरार भएको र ठूलो संख्याका युवाको उजुरी प्रहरीमा परेपछि अनुसन्धानक्रममा उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ परेका सबैलाई आइतबार नै अदालतबाट ७ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको र अरु पनि ठगिएको हुनसक्ने अनुमान रहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved