गोरु जुधेको हेर्न हेलिकप्टरमा पुगे एमाले नेता, स्थानीयले गरे यस्तो व्यंग्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 06:44:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नुवाकोटको तारुकामा हुने गोरु जुधाई कार्यक्रममा सहभागी हुन हेलिकप्टरमा पुगेका एमाले महासचिव इश्वर पोखरेललगायतको टोलीको स्थानीयबाटै चर्को आलोचना भएको छ। 

तारकेश्वर गाउँपालिकास्थित तारुकामा एमाले महासचिव पोखरेल, प्रचारविभाग प्रमुख सूर्य थापा, नुवाकोट नुवाकोट क्षेत्र नम्बर १(ख) का जनप्रतिनिधि बद्री मैनालीलगायतको टोली हेलिकप्टरमा गोरु जुधाई हेर्न पुगेका हुन्।

नेताहरु हेलिकप्टरमा तारुका पुगेपछि स्थानीयले असन्तुष्टि जनाएका छन् । हेलिकप्टर चढेर गोरु हेर्न पुगेका नेताहरुलाई स्थानीय बुद्धिजीवी भरत सिग्देलले व्यंग्यात्मक शैलीमा सामाजिक संजालमा लेखेका छन, '‘ गोरु जुधेको नदेखेका केही महानुभावहरूको निगाहले आफ्नै घर आँगनमा हेलिकप्टर बसेको र नजिकैबाट उडेको देख्ने अवसर प्राप्त गर्ने समृद्ध मुलुकका भाग्यमानी जनता हामी।’

यद्दपी गोरु मेला आयोजक समितिका अध्यक्ष शिब बहादुर अधिकारीले कार्यक्रम उद्घाटनका लागि  एमाले महासचिव लगायतका टोलीलाई ल्याइएको बताए। नेताहरुलाई हेलिकप्टर चढाएर कार्यक्रममा ल्याइएपनि यसले गाउँको विकास र पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने उनको दाबी थियो। 

एमाले महासचिबले गोरु जुधाईको उद्घाटन गर्दै सस्कृति र परम्पराका लागि स्थानीयवासीबाट चलाउँदै आएको मेलालाई आगामी दिनमा सरकारको पहलमा सञ्चालन गरिने बताए। 

यस प्रतियोगितामा विजेता भएका गोरुधनीलाई रु पाँच हजार र उपविजेतालाई रु तीन हजारसहित प्रमाणपत्र दिइएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved