प्रदेश प्रमुख र अस्थाई मुकाम तोक्न मन्त्रिपरिषद्को बैठक बस्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2018 | 08:45:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज मंगलबार सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशको अस्थाई मुकाम तोक्ने अन्तिम तयारी गरेको छ। यी दुई महत्वपूर्ण कार्यको टुंगो लगाउन आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक डाकिएको छ 

त्यस अघि प्रधानमन्त्री शेर बहादुर देउवाले एमाले र माओवादीका नेताहरुसँग अनौपचारिक छलफल गर्दैछन् । त्यस्तै उनले आफ्नै पार्टी भित्रका शिर्ष नेताहरु संग छलफल गर्दै छन्   । 

ति अनौपचारिक छलफलपछि बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना छ। नियुक्ति विवाद रहित बनाउन समेत सरकारले गृहकार्य थालेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved