राष्ट्रिय सभा निर्वाचनबारे आयोगले शिर्ष दलहरुसंग छलफल गर्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2018 | 09:41:46 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आज मंगलबार राष्ट्रिय सभा निर्वाचनका विषयमा प्रमुख दलहरु संग छलफल गर्ने भएको छ । आयोगले दलहरुसंग निर्वाचनको प्रकृति, निर्वाचन कार्यतालिका, आचारसंहिता, मतगणना लगायत विषयमा छलफल गर्न लागेको हो । 

 आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आयोगले दलहरुलाई दिउँसो १ बजे छलफलको लागि निम्तो दिएको छ। 

प्रदेश प्रमुख नियुक्त नहुँदा निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको प्रभावित हुने चेतावनी दिईरहेको छ । आयोगले सात गतेसम्म प्रदेश प्रमुख नियुक्तीका लागि ताकेता गरिरहेको छ। यता सरकारले आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved