काठमाडौँका यी सडकमा आजदेखि ४ पाङग्रे सवारी साधनलाई प्रवेशमा रोक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2018 | 02:21:45 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको असन,इन्द्रचोक र यस आसपासका भित्रि सडकमा आजबाट ४ पाङग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । स्थानीय निकायको समन्वयमा आवागमन सहज बनाउन उक्त क्षेत्रमा ४ पाङग्रे सवारी साधनलाई विहान ७ बजे देखि बेलुकी ७ बजेसम्म निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले जानकारी दिनु भएको छ । 

इन्द्रचोकबाट वटु,असन र भेडासिंह जाने ४ पाङग्रे गाडिलाई जान निषेध गरिएको छ । यस्तै ठैँटीबाट ज्वालामाई हुँदै असन जाने र ठैँटीबाट सिधै असन जाने ४ पाङग्रे गाडीलाई पनि निषेध गरिएको छ । ज्याठा,कमलाछी,भोटाहिटी,महाबौद्धबाट असनतर्फ पनि ४ पाङग्रे सवारी साधन जान पाउने छैनन् । 


असन भोटाहिटी सडकखण्डमा भने आजबाट सबै प्रकारका सवारी साधनलाई रोक लगाइएको छ । भेडासिंहबाट नघल बाङगेमुढा र इन्द्रचोकसम्मको सडकलाई पनि २४ सै घण्टा एकतर्फी बनाइएको छ । यसअघि ट्राफिक प्रहरीले ठमेल र पशुपती क्षेत्रका भित्रि सडकलाई भेइकल फ्री जोन बनाइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved