अब ०.५ प्रतिशत सेवा शुल्कमा घरजग्गाको कारोबार गर्न पाइने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 06:01:04 PM मा प्रकाशित

laxmi  sunrise bank

घरजग्गाको कारोबार गर्दा आधारविहिन विभिन्न व्यक्ति, समुहमा भर पर्दा आइपर्ने विभिन्न झन्झटको अब अन्त्य हुने भएको छ । घर तथा जग्गा किन्न, बेच्न र भाडामा लिन–दिनको लागि अब संस्थागत रूपमै ‘घर जग्गाको साथी’ मार्फत कारोबार गर्न सकिने भएको हो । 

राजधानीको दरवारमार्गमा रहेको हाइल्याण्ड प्रोपर्टिजले ‘घरजग्गाको साथी’ ब्राण्डबाट आफ्नो सेवा सुरू गरेको हो । घरजग्गाको साथीमार्फत अब घर तथा जग्गा धनीले आफ्नो सम्पति बेच्न तथा किन्न चाहानेले संस्थागत रूपमा सरल र पारदर्शी सेवा पाउने भएका छन् । भाडामा लिन र दिन चाहनेले पनि यो सेवा पाउने छन् । घरजग्गाको साथीले कारोबारको ०.५ प्रतिशतको सेवा शुल्कमा आफ्नो सेवा दिने घोषणा गरेको छ । 

‘हामीले घरजग्गा कारोबारको क्षेत्रमा देखिएका विकृती विसंगति हटाउन यो अभियान सुरू गरेका हौँ । किन्ने र बेच्ने दुवैतिर मनलाग्दो कमिशन खाने, जग्गा बैना गर्ने अनि तोकिएको समयमा पास नगर्ने जस्ता समस्या छन' कम्पनीका प्रबन्ध निर्देशक भवि शर्माले भने  ‘हामीले अहिले बजारमा भएका सबै विकृती र अविश्वास हटोस् र किन्न–बेच्न संस्थागत मध्यस्थकर्ताको माध्यमबाट निर्धक्क भएर कारोबार गर्न सक्नुका साथै कम्पनीले घर तथा जग्गासम्बन्धी कानुनी परामर्श, घरको इञ्जिनियरिङ डिजाइन, आर्किटेक्चरल डिजाइन, ठेकेदार, वास्तुसहित घरजग्गा सम्बन्धी आवश्यक परामर्श दिनेछौ ।’ 

सबै प्रक्रियाबाट ग्राहकहरूलाई सुरक्षित बनाई एकै ठाउँबाट सबै किसिमका सेवाहरू उपलब्ध गराउने 'घरजग्गाको साथी' नेपालकै पहिलो कम्पनी भएको कम्पनीको दाबि छ। यस किसिमको सेवामा सामान्य रूपमा कारोबारको ०.५ प्रतिशत सेवा शुल्कमै रहेर अत्याधिक सेवा दिने कम्पनीको भनाई छ । 

‘किन्ने व्यक्ति र बेच्ने व्यक्ति दुवैपक्षलाई सँगै राखेर छलफल गरी आपसमा कायम भएको मूल्यमा कारोबार गराउनेछौँ । हाम्रो कम्पनीमा आउने ग्राहकहरू कुनै पनि विचौलियाबाट ठगिन नपर्ने र कानुनी रूपमा सुरक्षित हुने घरजग्गाको कारोबार गर्न सक्छन्’ शर्माले भने। 

हाइल्याण्ड प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट कम्पनीको एउटा ब्राण्ड ‘घरजग्गाको साथी’ भए पनि यो कम्पनी आफैमा इन्भेष्टमेन्ट कम्पनी भएको र विविध क्षेत्रमा लगानी गर्दै आएको छ । कम्पनीले अहिले आएर घरजग्गामा पनि लगानी विस्तार गरिरहेको छ । साथै, ग्राहकहरूलाई समेत सुरक्षित र भरपर्दो लगानी गर्ने गराउने कार्यमा सहभागी भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved