भारतीय कम्पनीलाई 'माइनस' गर्दै फाष्ट ट्रयाककाे डिपीअार सेना आफैंले बनाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 08:12:12 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाउने भएको छ । सेनाले एसियाली विकास बैंक (एडीबी)ले सन् २००८ मा तयार पारेको सम्भाव्यता अध्ययनको आधारमा डीपीआर तयार पार्ने भएको हो ।

काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाका उप निर्देशक तथा सेनाका सहायक रथी सूर्यप्रसाद खनालले फास्ट ट्रायाकको डीपीआर सेना आफैंले बनाउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

‘भारतीय कम्पनी (आइएल एण्ड एफएस)ले पनि एडीबीको सम्भाव्यता अध्ययनको आधारमा डीपीआर तयार परेको हो, हामी पनि त्यही प्रतिवेदनको आधारमा डीपीआर तयार पार्ने छौं,’ खनालले भने । 

सरकारले २०७४ वैशाख २१ गते नेपाली सेनालाई ४ बर्ष भित्रमा काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण सम्पन्न गर्ने गरि आयोजनाको जिम्मा दिएको थियो । सेनाले एडीवीले तयार पारेको सम्भाव्यता अध्ययनको आधारमा द्रुतमार्ग निर्माणको काम गरिरहेको छ ।

हाल सेनाले द्रुतमार्ग क्षेत्रमा रुख कटान र ट्रयाक सम्याउने काम गरिरहेको छ । एडीबीको प्रतिवेदनका आधारमा द्रुतमार्ग क्षेत्र काम भईरहेकाले निर्माण कार्यमा कुनै समस्या नहुने खनाल बताउँछन् ।

‘हामीले भारतीय कम्पनीले तयार पारेको डीपीआर किन्ने प्रयास गरेका थियौं, हामीले प्रस्ताव गरेको मूल्यभन्दा धेरैमा कम्पनीले डीपीआर बेच्न खोज्यो,’ खनालले भने, ‘उनीहरुसँग खरिद गर्नुभन्दा नयाँ डीपीआर तयार गर्नु सस्तो पर्ने देखियो ।’

सेनाले अहिलेको कामलाई निरन्तरा दिँदै डीपीआर तयार पार्ने जानकारी दिएको छ । तत्कालनीन समयमा एडीबीले तयार पारेको प्रतिवेदनको आधारमा द्रुतमार्ग निर्माणका लागि १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने देखिएको थियो । 

डीपीआर तयार नभएसँग द्रुतमार्ग निर्माण गर्न कति खर्च लाग्ने अहिले नै अनुमान गर्न नसकिने खनाल बताउँछन् । त्यसका लागि डीपीआर नै आवश्यक पर्ने खनालको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved