प्रदेश राजधानी माग गर्दै आजदेखि अनिश्चितकालीन दाङ बन्द आह्वान, बिहानै देखि प्रदर्शन सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2018 | 07:21:21 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश राजधानी दाङलाई बनाउनु पर्ने माग गर्दै आज देखि जिल्लाबासीले  अनिश्चितकालीन दाङ बन्द आह्वान गरेका छन् । प्रदेश पाँचको राजधानी बुटवल बनाउने चर्चा चलिरहेको बेला दाङलाई बनाउन माग गर्दै उनीहरुले अनिश्चितकालिन हड्ताल घोषणा गरेका हुन् ।

बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका गाडी, उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था सबै बन्द छन् । दाङखण्डमा पर्ने पूर्वपश्चिम राजमार्ग पनि ठप्प छ । 

आन्दोलनका लागि दाङबासीले दाङ प्रादेशिक राजधानी सरोकार समिति गठन गरेका छन् । बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुबाङ, बिजौरीमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गरिरहेका छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved