३ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख तोक्ने, कुन प्रदेशमा कसको सम्भावना ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2018 | 10:31:27 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश प्रमुख र प्रदेशको अस्थाई मुकाम तोक्न बसेको मन्त्रिपरिषद्को बैठक कुनै निर्णय नै नगरी स्थगित भएको छ  ।बैठक आज अपरान्ह ३ बजे सम्मको लागि स्थगित भएको हो  । 

आजको बैठकमा सबै प्रदेशको लागि प्रदेश प्रमुख र प्रदेशको अस्थाई मुकामको बिषयमा छलफल भएको थियो  

बाम गठबन्धनले नाम दिन नमानेपछि सरकारले प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । २ मा राजपा र ५ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिने भएको छ भने ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् ।

आजको बैठकमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा उमाकान्त झा, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने गरी छलफल भएको स्रोतले जनाएको छ ।

अन्य केहि विवाद नदेखिए आज ३ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले यहि नाम नै अनुमदन गर्ने छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved