मन्त्रिपरिषद्को बैठकले तोक्यो प्रदेश प्रमुख र प्रदेशको अस्थाई केन्द्र (सुची सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2018 | 02:56:43 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थाई केन्द्र तोकेको छ। 

कानूनमन्त्री यज्ञबहादुर थापाका अनुसार बैठकले  प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ। 

यी अस्थाई केन्द्र हुन् । प्रदेशको स्थायी केन्द्र भने प्रदेशसभाको पहिलो बैठकले तोके संबैधानिक ब्यबस्था छ । 

त्यस्तै सरकारले प्रदेश प्रमुख समेत तोकेको छ  ।

हेर्नुस कुन प्रदेशको को प्रमुख तोकिए ।  

प्रदेश १ डा. गोविन्द सुब्बा, प्रदेश  रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ अनुराधा कोइराला, प्रदेश ४. बाबुराम कुँवर, प्रदेश ५ उमाकान्त झा, प्रदेश ६  दुर्गाप्रसाल खनाल र प्रदेश ७ मा मोहनराज मल्ल  तोकेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved