बाम गठबन्धनले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा उम्मेदवारी दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2018 | 03:23:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एमाले र माओवादी केन्द्र सम्मिलित बाम गठबन्धनले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा उम्मेदवारी दिने भएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको दुई पार्टीको कार्यदलको बैठकले सिट संख्या तय गर्दै दुई पार्टीबीच सिट बाँडफांड समेत गरेको छ ।

जस अनुसार  एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेद्वारी दिने भएका छन् । अब चुनावमा पार्टीले प्राप्त गरेको मत, एकताको स्प्रिट, दुवै पार्टीबाट आवश्यकता र औचित्यका आधारमा सन्तुलन मिलाएर टिकट दिइने संयुक्त कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।  

नेम्वाङले बाँकी १३ सिटको उम्मेदवारीका लागि अन्य दलहरुसँग छलफल र निर्णय गर्ने पनि जानकारी दिए ।

माघ २४ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ।  राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना चुनावबाट निर्वाचित हुन्छन् भने तीन जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट नियुक्त हुन्छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved