नवराज सिलवाललाई जहाँ भेट्यो त्यहि पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2018 | 03:58:31 PM मा प्रकाशित

laxmi  sunrise bank

पूवडीआईजी तथा ललितपुर क्षेत्र नं. १ का नवनिर्वाचित सांसद नवराज सिलवाललाई जहाँ भेट्यो त्यहि पक्राउ गरेर प्रहरी प्रधान कार्यालयमा बुझाउन नेपाल प्रहरीले  ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको छ । बुधवार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले  सिलवाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन ७७ वटै जिल्लामा सर्कुलर जारि गरेको हो ।

नेपाल प्रहरीले ३ वटा महानगरीय प्रहरी परिसर र ७४ जिल्लाका प्रहरी कार्यालयलाई प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गरेको हो । 

पत्रमा मुख्यालयले मुलुकी ऐन किर्ते कागजको महलअन्तर्गतको सरकारी कागजात किर्ते मुद्दा अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएको हुँदा सिलवाललाई खोजतलास गरी उपस्थित गराइदिन भन्ने भाषा प्रयोग गरेको छ । 

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई उपस्थित गराइदिन भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेको थियो । सिलवाललाई खोज्दै प्रहरी उनको घर पुगे पनि नभेटिएको जानकारी पठाइएको थियो ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved