सोनाम ल्होसार मनाइदै , सरकारले दियो सार्बजनिक बिदा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 08:32:34 AM मा प्रकाशित

laxmi  sunrise bank

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो अनुसार आज देखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं तामाङ समुदायको चाड पर्वका विषयमा खोज गरिरहेका सम्पूर्ण कुमार लामाले जानकारी दिए ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अर्का अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । यसअवसरमा नेपाल तामाङ घेदुङ लगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन पनि गरिनेछ । यसै विच सरकारले आज सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले बिदा स्विकृत गरिसकेकोले फेरबदल हुँदैन , पूर्वनिर्धारित विदा अनुसार आज सार्वजनिक बिदा हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved